दाङको घोराहीमा श्रीमानले हानेको गोली लागेर ड्युटीमा खटिएकी महिला प्रहरीको मृत्यु

दाङको घोराहीमा श्रीमानले हानेको गोली लागेर ड्युटीमा खटिएकी महिला प्रहरीको ज्यान गएको छ ।

वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान धनमाया थापाको घोराही उपमहानगरपालिका–१५, दामोदर चोकमा ड्युटीमा रहेको बेला गएराति गोली लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रहरीका अनुसार थापालाई आफ्नै श्रीमान प्रहरी सहायक हबलदार यमबहादुर झाँक्रीले गोली हानेका हुन् । तालिम केन्द्र नेपालगञ्जमा कार्यरत झाँक्री हिजो घोराही आएर थापाको हत्या गरेका हुन् । श्रीमान् श्रीमतीबीच विवादले सम्बन्ध विच्छेदको प्रक्रिया चलिरहेको बेला गोली हानी हत्या भएको प्रहरीले जनाएको छ ।

गोली हान्ने झाँक्रीलाई प्रहरीले राति नै पक्राउ गरेको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *