एसिसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा मलेसियासँग नेपाल पराजित

एसिसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिता–२०२४ अन्तर्गत मलेसिया विरुद्घको खेलमा नेपाल पराजित भएको छ।

मलेसियासँग हार व्यहोरे सँगै नेपालको एसिया कम खेल्ने सपना तुहिएको छ।एक बल बाँकी रहँदै गर्दा मलेसियाले नेपालले दिएको लक्ष्य रोमाञ्चक तरिकाले पुरा गरेको हो।नेपालले दिएको ११६ रनको लक्ष्य मलेसियाले १९।५ ओभरमै पुरा गरेको छ। मलेसियाले १९।५ ओभरमा ११६ रन बनाएको हो।मलेसियाविरुद्धको सेमिफाइनमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको हो। मलेसियाको क्वालालाम्पुरमा भइरहेको खेलमा कप्तान इन्दु वर्माले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएकी हुन्।

मलेसियाले महिला टि ट्वान्टी एसिया कप क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन पाउनेछ।नेपालले क्वार्टर फाइनलमा कुवेतलाई आठ विकेटले हराउँदै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो। त्यस्तै समूह चरणको खेलमा नेपालले माल्दिभ्सलाई दुई सय १४ रनले हराएको थियो भने भूटान र हङ्कङलाई समान आठ/आठ विकेटले पराजित गरेको थियो। मलेसिया जापानलाई १६ रनले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो।

मलेसियाले समूह चरणमा इन्डोनेसियालाई छ विकेटले हराएको थियो भने कतारलाई ३९ रन र बहराइनलाई एक सय २६ रनले पराजित गरेको थियो।

Leave a comment

Your email address will not be published. Required fields are marked *