प्रचण्ड लाइ भारतको निम्तो आज त्यस तर्फ जादै

भदौ २१।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्ड आज दिउसो ३ बजे भारत भ्रमणको लागी जादैछन्।

भारत सरकारको निमन्त्रणालाइ स्वीकार्दै उनी एयर इण्डीयाको विमान मार्फत त्यसतर्फ भ्रमणमा जान लागेका हुन। भ्रमण टोलीमा पत्नी छोरी साथै सचिव जोख बहादुर महरा र प्रेस सहयोगी सूर्यकिरण शर्मा रहेको सचिवालयले जानकारी दिएको छ।

प्रचण्डको भ्रमण दुइ देशको सम्बन्ध सुधारमा केन्द्रीत रहेको र यसको क्रममा प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय विदेश मन्त्री सुष्मा स्वरज साथै अन्य मन्त्रीहरु संग पनि महत्वपुर्ण भेटघाट गर्ने कार्यक्रम रहेको छ।

भ्रमणमा आइसीडब्लुए ले आयोजना गरेको कार्यक्रमलाइ पनि उनले सम्बोधन गर्ने बताइएको छ।

उनी भारतको दिल्ली पुगे लगातै भेटघाट र छलफलको कार्यक्रमहरु रहेको प्रचण्डको सचिवालयले जानकारी दिएको छ।

तिन दिने भारत भ्रमण पछी उनी भदौ ३० गते चिन भ्रमणमा जाने कार्यक्रम रहेको छ।

Leave a comment

Your email address will not be published. Required fields are marked *