एकदिवसीय अभ्यास खेलअन्तर्गत नेपाल ए ले क्यानडा लाई २१७ रनको लक्ष्य

तीन खेलको एकदिवसीय अभ्यास खेलअन्तर्गत नेपाल ए ले क्यानडा–११ लाई २१७ रनको लक्ष्य दिएको छ।

मूलपानी क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ्ग गरेको नेपाल ए ले निर्धारित ५० ओभर खेल्दै ८ विकेको क्षतिमा २१६ रन बनायो।नेपालका लागि बसिर अहमदले सर्वाधिक ५० रनमा अविजित रहे भने रासिद खानले ४० रन बनाए। जबकी मयन यादवले ३६ रन जोडे।यता २१७ रनको लक्ष्यसहित मैदान उत्रेको क्यानडा–११ ले २ विकेट गुमाएर जम्मा २८ रन जोडेको छ। ५ ओभरको खेल सकिँदा क्यानडा २ विकेटको क्षतिमा २८ रन बनाएर खेलिरहेको छ।

Leave a comment

Your email address will not be published. Required fields are marked *