बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनका लागि एक स्वतन्त्र सहित ३९ जना उमेरद्वारले मनोनयन दर्ता

आसन्न बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनका लागि एकजना स्वतन्त्र सहित ३९ जना उमेरद्वारले मनोनयन दर्ता गरेका छ्न् ।

आइतवार भएको मनोनयन दर्तामा स्टिल तथा आलमुनियम फर्निचर व्यवसायी समिल राईले खुला सदस्य पदमा उम्मेदवारी दर्ता गरेका हुन् । त्यस्तै दर्जनौँ संघसंस्थामा आवद्ध उनी बिर्तामोडका ऊर्जाशील युवा व्यवसायी हुन् ।आगामी फागुन १४ गते हुने निर्वाचनका लागि स्वतन्त्र व्यावसायिक प्यानल र लोकतान्त्रिक व्यावसायिक प्यानलले सबै पदमा उम्मेदवारी दिएका हुन । स्वतन्त्रबाट उम्मेदवारी दिने राई भने एक मात्र उम्मेदवार हुन् ।

अबको एक हप्ता मात्रै बाँकी निर्वाचनमा अर्जुनकुमार मैनाली र राजु न्यौपाने नेतृत्वबीच कडा प्रतिस्पर्धा हुने भएको छ । अर्जुन स्वतन्त्र गठबन्धन र राजु लोकतान्त्रिक गठबन्धनका अध्यक्षका उम्मेदवार हुन् ।अर्जुनको गठबन्धनबाट वरिष्ठ उपाध्यक्षमा राजकुमार घिमिरे राजु, वाणिज्य उपाध्यक्षमा गंगा मैनाली, उद्योग उपाध्यक्षमा ओमप्रकाश श्रेष्ठ, जनसम्पर्क उपाध्यक्षमा गोमा भट्टराई, महासचिवमा कृष्ण पौडेलले उम्मेदवारी दर्ता गरेका छन् ।

त्यस्तै, उद्योग सचिवमा विसन लिम्बू, वाणिज्य सचिवमा कृष्ण चापागाईं, कोषाध्यक्षमा युवराज निरौला र सहकोषाध्यक्षमा निशा कर्ण सोनीले उम्मेदवारी दर्ता गरेका छन् ।खुला सदस्यहरुमा शत्रुघन रौनियार, कृष्ण बजगाईं, केदार खनाल, सोहनलाल राजवंशी, राकेशकुमार सिंह, रिता चौधरी, अमिर खान, महिला सदस्यमा चन्द्रा भट्टराई र सुष्मा उप्रेतीको उम्मेदवारी रहेको छ ।

यसैबीच, लोकतान्त्रिकको तर्फबाट वरिष्ठ उपाध्यक्षमा सञ्जीव घिमिरे, उद्योग उपाध्यक्षमा विशाल थापा, वाणिज्य उपाध्यक्षमा जीवनकुमार खड्का, जनसम्पर्क उपाध्यक्षमा राधिका चुडाल र महासचिव पदमा कुशल खतिवडाले उम्मेदवारी दर्ता गरेका छन् । त्यस्तै, उद्योग सचिवमा पुकार बराल, वाणिज्य सचिवमा राजकुमार शाह, कोषाध्यक्षमा दिपक मित्तल र सहकोषाध्यक्ष तिलोत्तमा खत्री छन् ।

खुला सदस्यमा योगेश शर्मा भट्टराई, दिनेश श्रेष्ठ, अनन्तलाल महतो, रमेश घिमिरे, डिल्लीराम कोइराला, अरुण जैन, श्यामकृष्ण पाठक, महिला सदस्यमा सुशीला बस्नेत, निशा शाह गुप्ताले उम्मेदावारी दिएका छन् । यसपालिको निर्वाचनमा पाँच हजार ६६१ मतदाता रहेका छन् । यसबाहेक १२ जना पूर्वअध्यक्षहरु मतदाता रहने छन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *