झापाको अर्जुनधाराबाट लागुऔषधसहित चारजना पक्राउ

झापाको अर्जुनधाराबाट प्रहरीले लागुऔषधसहित सोमबार चारजनालाई पक्राउ गरेको छ ।

अर्जुनधारा–११ का ३७ वर्षीया शोभा श्रेष्ठले लागूऔषध ब्राउनसुगरको कारोबार गर्छन भन्ने गोप्य सूचनाको आधारमा अस्थायी प्रहरी चौकी बुट्टाबारी र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले श्रेष्ठलाई उनकै घर कोठाबाट प्लाष्टिकमा स–साना पोकासहितको ब्राउनसुगर जस्तो देखिने लिसाइलो पदार्थ सहित पक्राउ गरेको हो ।

साथै, विभिन्न मोडलका पुराना मोबाइल थान ११, नगद ३७ हजार, पुरानो घडी ४ थान, इयरबट २ थान, पावरबैंक १ थान फेला परेको छ । घरको कोठाभित्र रहेका श्रेष्ठका छोरा १९ वर्षीयको गोबिन्द श्रेष्ठ, बुहारी १८ वर्षीया सन्ध्या चौधरी श्रेष्ठ र इलाम सन्दकपुर–४ का २४ वर्षीया पलबी गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

श्रेष्ठको साथबाट बरामद भएको लागुऔषधजस्तो देखिने पदार्थलाई तौल गर्दा प्लाष्टिकसहितको तौल ७५० मिलिग्राम र प्लाष्टिकरहित ५५० मिलिग्राम रहेकाले थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *