झापाली समाज नयाँ कार्यसमितिको अध्यक्षमा उप्रेती

अस्ट्रेलियाको सिड्नीमा सम्पन्न भएको झापाली समाज साधारण सभाले अशोक उप्रेतीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ।

शनिबार समाजमा भएको साधारण सभामा उप्रेतीलगायत सबै कार्य समिति सदस्यहरु निर्विरोध चयन भएका हुन्। समाजको उपाध्यक्षमा ज्वलन्त खतिवडा, महासचिवमा ज्योति सिटौला, सचिवमा प्रकाश पौड्याल, कोषाध्यक्षमा दिपेन्द्र ओडारी चयन भएका छन्। सदस्यहरूमा अमित श्रेष्ठ, कौशलराज सिटौला, दिवसजंग रायमाझी, पोणिन्द्र निरौला, नारायण गौतम (नविन), दिपेन्द्र बुढाथोकी, सृजना पाण्डे प्रसाईं, कृष्ण विमली किरण र दिपेश मिश्र निर्वाचित भएका छन्।त्यस्तै साधारण सभाले समाजको संरक्षकका रूपमा दिनेश पोखरेल, दिपक खनाल, दिपक चुडाल, उमेश पोखरेल र निरन्जन प्रसाईंलाई चयन गरेको छ।

साधारण सभामा उपस्थित नेपाली समाजका अगुवाहरू र सामाजिक अभियन्ताहरूले नवनिर्वाचित समितिलाई बधाई दिँदै झापाली समाजको सामाजिक कार्यको खुलेर प्रशंसा गरेका थिए।साधारण सभामा एनआरएन अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले समाजले लामो समयदेखि अस्ट्रेलिया र झापामा समेत सामाजिक क्षेत्रमा उल्लेख्य काम गरेको स्मरण गर्दै एनआरएन अस्ट्रेलियाले आगामी दिनमा समाजसँगै हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए।

एनआरएनए आइसिसी सचिव ज्ञानेन्द्र रेग्मीले झापाली समाज अस्ट्रेलियाले जन्मेको ठाउँ र हुर्केको गाउँको विकासमा अग्रणी भूमिका खेलेको भन्दै त्यसको प्रशंसा गरेका गरेका छन् ।कार्यक्रममा बोल्दै पूर्वअध्यक्ष समेत रहेका संरक्षक समेत रहेका एनआरएन ओसिनिया रिजनल संयोजक दिनेश पोखरेलले विगतदेखि वर्तमानसम्म झापाली समाजले आपसी सदभाव र मुलुकसँग जोड्ने काममा उल्लेखनिय भूमिका रहेको प्रष्ट पार्नुभयो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *