आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले नामिबिया समक्ष १६९ रनको लक्ष्य

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले नामिबियासमक्ष १६९ रनको लक्ष्य प्रस्तुत गरेको छ।

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ गर्ने मौका पाएको नेपाली टोलीले निर्धारित ओभर पनि खेल्न सकेन। ५० ओभरमध्ये ३७ शदमलव १ बल खेल्दै नेपालले सबै विकेट गुमाएर १६८ रन मात्रै बनाउन सक्यो।

नेपाललाई मध्यम स्कोरमा समेट्न नामिबियाका बर्नार्ड स्कल्ट्ज र ज्यान निकोल लोफ्टी एटनले समान ४/४ विकेट लिए। ज्याक ब्रसेल र कप्तान जरहार्ड एरास्मसले समान १/१ विकेट लिए।नेपालका लागि ओपनर ब्याट्सम्यान आशिफ शेखले सर्वाधिक ५८ रन बनाए भने कुशल मल्लले ३६ रन जोडे। त्यसैगरी भिम सार्कीले २६ रन बनाउँदा कुशल भुर्तेलले १८ र करन केसीले १२ रन बनाए। अन्य खेलाडीले खासै प्रदर्शन सकेनन् भने नेपालका कप्तानसहित ३ जना खेलाडी शून्य रनमा आउट भएका छन्।

Leave a comment

Your email address will not be published. Required fields are marked *