अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगिताको फाइनलमा गौरीगञ्ज गाउँपालिका र विर्तामोड नगरपालिका भिड्दै

झापाको शिवसताक्षीमा जारी झापा जिल्ला अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगिताको फाइनलमा गौरीगञ्ज गाउँपालिका र विर्तामोड नगरपालिका भिड्ने भएका छन् । आज भएको पहिलो सेमीफाइनल खेलमा कमल गाउँपालिकालाई सडनडेथमा हराउँदै गौरीगञ्ज फाइनलमा प्रवेश गरेको हो ।खेलको निर्धारित समयमा दूवै टिमबाट १–१ गोल भएपछि खेल ट्राइबेकरमा धकेल्लिएको थियो । ट्राइवेकरमा दुवै टिमबाट ३–३ गोल भएपछि खेल सथनडेथमा धकेल्लियो । सडनडेथमा ३–२ गोल अन्तरले हराउँदे गौरीगञ्ज गाउँपालिका फाइनलमा प्रवेस गरेको आयोजक शिवसताक्षी नगरपालिकाले जनाएको छ । खेलको मेन अफदी म्याच गौरीगञ्जका जर्सी नं। ५ का खेलाडी लखीराम हेमरन घोषित भए ।

त्यस्तै दोस्रो सेमी फाइनल खेलबाट विर्तामोड नगरपालिका फाइनलमा प्रवेस गरेको छ । शिवसताक्षी नगरपालिकालाई ट्राइवेकरमा ४–३ हराउँदै विर्तामोड फाइनलमा प्रवेस गरेको हो । खेलको निर्धारित समयमा कुनै पनि गोल हुन सकेन । दुवै टिमको सहमतिमा थप १४ मिनेट खेल खेलिएपनि कुनै टिमबाट गोल हुन नसकेपछि खेल ट्राइवेकरमा धकेल्लिएको थियो ।खेलको मेन अफ दी म्याच विर्तामोडका जर्सी नं ९ का सडकलाल राजवंशी घोषित भए । दूवै टिमका मेनअफ दी म्याच घाषित भएका खेलाडीले नगद २–२ हजार सहित ट्रफी प्राप्त गरे । अन्तरपालिका कर्मचारीहरुको फाइनल खेल शुक्रबार १ बजेदेखि हुने आयोजक शिवसताक्षी नगरपालिकाले जनाएको छ । फाइनल खेलमा उपाधिका लागि विर्तामोड र गौरीगञ्ज भिड्ने छन् ।

प्रतियोगिताको विजेता टिमले नगद रु ७० हजार र उप विजेता टिमले नगद ४० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिता शिवसताक्षीको झिलझिले स्थित गणेशमान अध्ययन प्रतिष्ठानको खेल मैदानमा सञ्चालन भइरहेको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *