मास्टर स्पेलिब्रिटीमा कनकाई र नवयुग शिक्षा निकेतनका विद्यार्थी उत्कृष्ट

झापाको कनकाई ३ स्थित सुरुंगामा रहेको श्री हरिकुल नमुना माध्यमिक विद्यालयको आयोजनामा मास्टर स्पेलिब्रिटी २०८० दोस्रो संस्करण सम्पन्न भएको छ ।
अन्तर पालिका विद्यालयका विद्यार्थीहरुलाई सामेल गराएर आयोजना गरिएको मास्टर स्पेलिब्रिटीमा ४५ जना विद्यार्थीहरूले सहभागिता जनाएका थिए ।उद्घोषण कला अन्तरगत प्रतियोगितात्मक मास्टर स्पेलिब्रिटीमा कनकाई माध्यमिक विद्यालय सुरुंंगाका विद्यार्थी दिवस कोइराला प्रथम भएका छन । त्यसै गरी नवयुग शिक्षा निकेतन दुर्गापुरकि छात्रा सविना ओली दोस्रो र कनकाई माध्यमिक विद्यालयकै विद्यार्थी साइसा बस्नेत तेस्रो बनेकी छन् ।उत्कृष्ट बन्न सफल भएका विद्यार्थीहरूलाई नगद ५ हजार र ३ हजार पुरस्कारसहित ट्रफी, मेडल र उपहार सामग्री प्रदान गरिएको थियो । विद्यार्थीहरूलाई कार्यक्रमकी सभाध्यक्ष गृषा रावल थापा र उद्घोषण प्रशिक्षक टामन न्यौपानेले उक्त सामग्रीहरु प्रदान गरेका थिए ।

मास्टर स्पेलिब्रिटी २०८० मा कनकाई र शिवसतासी नगरपालिका क्षेत्रका विभिन्न विद्यालयहरूको तर्फबाट विद्यार्थीहरूले सहभागिता जनाएको हरिकुलका शिक्षक सन्दिप मरासिनीले जानकारी दिए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *