निर्मला हत्या प्रक्ररण:- एसपीका छोरा र मेयरका भतिजासँग सोधपुछ, प्रहरी भन्छ- कुनै संलग्नता देखिएन’

भदौ २१- निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा स्थानीयले शंकाकाे अाधारमा मुख्य अभियुक्त भन्दै अाएका किरण विष्ट र आयुष विष्टसँग प्रहरीले सामान्य साेधपुछ गरेकाे छ ।

घटना भएकाे डेढ महिनापछि प्रहरीले सोमबार र मंगलबार दुई पटक उनीहरुसँग सोधपुछ गरेको बताइएकाे छ । तर सामान्य साेधपुछबाट उनीहरुकाे घटनामा कुनै संलग्नता नदेखिएकाे जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले जनाएकाे छ ।

किरण तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टका छोरा हुन् भने अायुष भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा हुन् । स्थानीयले घटनामा बम दिदी-बहिनी (रोशनी र बबिता) का साथै यी दुवैलार्इ शंकाकाे मुख्य घेरामा राखेर अनुसन्धान हुनुपर्ने माग गर्दै अान्दाेलन समेत चर्काएका थिए ।

तर स्थानीयहरुकाे चर्काे दबाव र मागका बाबजुद पनि यी दुर्इ जनालार्इ प्रहरीले साेधपुछ सम्म गरेकाे थिएन । बम दिदी-बहिनीलार्इ भने घटना भएकाे एक महिनापछि हिरासतमा लिएर बयान लिइएकाे छ तापनि प्रहरीले ठाेस निष्कर्ष दिन सकेकाे छैन ।

कञ्चनपुरका नयाँ प्रहरी प्रमुख एसपी कुबेर कडायतले किरण र अायुषकाे बयान लिइए पनि घटनामा उनीहरुको संलग्नता नखुलेको बताएका छन् । एसपीका छोरा किरणकाे घटना भएकाे दिन जन्मदिन परेकाे र उनी साथीहरुसँग बर्थडे मनाउनमा व्यस्त रहेकाे जनाइएकाे छ ।

स्थानीयले बम दिदी बहिनीकाे घरमा किरण र अायुष अाउजाउ गरिरहने बताउँदै अाएका छन् । तर प्रहरी भने यी दुर्इमाथि अनुसन्धान गर्न सुरुदेखि नै उदासिन रहेकाे पाइएकाे छ । डेढ महिनापछि देखाउनकै लागि भए पनि उनीहरुसँग साेधपुछ गरेकाे अारोप स्थानीयले लगाएका छन् ।

यसैबीच, अनुसन्धानमा सघाउन केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) को अर्को टोली कञ्चनपुर अाएकाे छ । एसएसपी ठाकुर ज्ञवालीको नेतृत्वमा ४ सदस्यीय टोली कञ्चनपुरमा अनुसन्धान थालेको हो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *