नेपाल ‘ए’ र क्यानडा ११ बीच सम्पन्न त्रिकोणात्मक एक दिवसीय शृङ्खलाको उपाधि क्यानडालाई

नेपाल ‘ए’ र क्यानडा ११ बीच सम्पन्न त्रिकोणात्मक एक दिवसीय शृङ्खलाको उपाधि क्यानडाले उचालेको छ । पहिलो खेलमा नेपाललाई चार विकेटले पराजित गरेको क्यानडाले तेस्रो खेलमा चार विकेटले पराजित गरेको हो ।

शृङ्खलाअन्तर्गत आजको जित्नै पर्ने खेल नेपाल चार विकेटले पराजित भएको हो । बिहीबारको तेस्रो खेलमा नेपालले दिएको १८२ रनको लक्ष्य क्यानडाले ६ विकेट गुमाएर ३८।५ ओभर खेल्दै पूरा गरेको हो ।नेपालका लागि सहाब आलमले व्यक्तिगत चार विकेट लिए । यस्तै, शेर मल्ल र बसिर अहमदले समान एक–एक विकेट लिए । अन्य बलर क्यानडाका ब्याटरविरुद्ध निरिह बनेका थिए ।पहिलो इनिङ्समा ब्याटिङ गरेको नेपालका लागि ओपनर ब्याट्सम्यान आशुतोष घिरैया र अर्जुन कुमालले साझेदारी गरी ५४ रन बनाएका थिए । यस क्रममा आशुतोषले २८ रन बनाउँदा अर्जुनले २७ रन बनाए ।कप्तान सन्दीप जोरा २४ रन बनाउँदै पेभेलियन फर्किंए । चौथोँ नम्बरमा क्रिज समाल्न आएका उनले २८ बलको सामना गरी एक छक्का र तीन चौका प्रहार गरे । तेस्रो नम्बरका ब्याट्सम्यान शेर मल्ल खाता खोल्न सकेनन् । रासिद खानले टोलीको खातामा १९ रन थपे । उनले २५ बलमा एक चौका प्रहार गरे । सुजन थपलियाले ५१ बलमा एक चौकको मद्दतले २० रन बटुले । बसिर अहमदले पनि २५ रन बनाए । बसिरले ४० बलमा तीन चौका पनि प्रहार गरे ।

Leave a comment

Your email address will not be published. Required fields are marked *