झापाको बिर्तामोड नगरपालिकाबाट चार ग्राम ब्राउनसुगरसहित दुई युवा पक्राउ

झापाको बिर्तामोड नगरपालिकाबाट चार ग्राम ब्राउनसुगरसहित दुई युवालाई प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार साँझ बिर्तामोड–४ आदर्श पार्टी प्यालेस अगाडि शंकाष्पद अवस्थामा हिँड्डुल गरिरहेको बिर्तामोड–५ घर बताउने १९ वर्षीय निराज मण्डल र बिर्तामोेड–६ घर बताउने १९ वर्षीय राहुल चौधरीलाई इलाका प्रहरी कार्यालय अनारमनीले पक्राउ गरेको हो । प्रहरीले चेकजाँच गर्दा निराज मण्डलले लगाएको बक्स हाफ पेन्टको दाहिने गोजीमा प्लाष्टिकको प्याक गरेको अवस्थामा प्रतिबन्धित लागु औषध ब्राउनसुगर  साना प्लाष्टिकको पोका थान १८ मा जम्मा प्लाष्टिकसहित ४ ग्राम ६२० मिलिग्राम र प्लाष्टिकरहित ४ ग्राम फेला पारेको थियो । उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *