जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सूर्योदय नगरपालिका १, का ३३ वर्षीय पेम्बा शेर्पा पक्राउ परेका छन् । उनलाई प्रहरीले बुधबार दिउँसो पक्राउ गरेको हो ।

शेर्पाले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय मानेभञ्ज्याङबाट खटिएको प्रहरीले उनलाई सूर्योदय नगरपालिका  १, मानेभञ्ज्याङबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *