बालुटारस्थित ललिता निवासको जग्गा किन्नेलाई कारबाही गर्न माग

गैह्र आवासीय नेपाली संघ (एनआरएनए) को राजेन्द्रकुमार शर्मा (आरके शर्मा) समूहले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरी मुख्यालय बनाउन बालुटारस्थित ललिता निवासको जग्गा किन्नेलाई कारबाही गर्न माग गरेको छ ।

शर्मा समूहले आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर भेट गर्दै एनआरएनएको भवनको जग्गा किन्नेहरू दोषी रहेको भन्दै उनीहरुलाई पनि कानुनी दायरामा ल्याउनुपर्ने माग राखेका छन् ।भेटमा एनआरएनए शर्मा समूहका उपाध्यक्ष गंगाधर गौतमले भवनको लागि जग्गा किन्दा कानुन मिचिएको बताउँदै कानुन मिच्नेलाई कानुनी दायरामा ल्याउन सरकारले विशेष निर्णय गर्नुपर्ने बताएका छन् । यस्तै केही समयको लागि भवन आफूहरुलाई दिनुपर्ने पनि उनले आग्रह गरे। यद्यपी यसविषयमा आफूहरू अदालतमा जाने पक्षमा नरहेको पनि उपाध्यक्ष गौतमले प्रधानमन्त्री दाहाललाई जानकारी दिएको स्रोतले बताएको छ ।यस्तै प्रधानमन्त्रीसँगको भेटमा गैरआवासीय नागरिकता पाउने व्यवस्था भएपनि नागरिकता अनुसार पाउनुपर्ने अधिकार नपाएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको अध्यक्ष शर्माले बताए।यस्तै अदालतको फैसलालाई सम्मान गर्दै अहिले एनआरएनएको मुख्यालय भवन लिजमा अन्य कानुनी आधारबाट एनआरएनएलाई प्रयोग गर्न दिने व्यवस्था मिलाउन आग्रह गरेको शर्माले बताए। उनले भने, ‘प्रधानमन्त्री ज्यूले नागरिकतामा पाउने अधिकारहरुको विषयमा छिटै कानुनी व्यवस्था हुने र नियम अनुसार भवनको विषयमा निर्णय हुने आश्वासन दिनु भएको छ।’एनआरएनएको मुख्यालय भवन बालुवाटारमा छ। जुन बहुचर्चित ललिता निवासको हडपिएको जग्गामा निर्माण भएको खुलासा भइसकेको छ। प्रधानमन्त्रीसँग भेटमा उपाध्यक्ष खगेन्द्र न्यौपाने,उपाध्यक्ष डिबी क्षेत्री, जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्ट लगायतका अभियन्ता सहभागी रहेका थिए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *