इलाम क्षेत्र नम्वर २ मा प्रतिनिधिसभा र बझाङ क्षेत्र–१ मा प्रदेशसभाको उपनिर्वाचन आगामी वैशाख १५ गते हुने

इलाम क्षेत्र नम्वर २ मा प्रतिनिधिसभा र बझाङ क्षेत्र–१ मा प्रदेशसभाको उपनिर्वाचन आगामी वैशाख १५ गते हुने भएको छ । निर्वाचन आयोगले सरकारसँगको परामर्शपछि दुई वटा स्थानमा उपनिर्वाचनको मिति घोषणा गरेको हो । गत चुनावमा इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित सुवासचन्द्र नेम्वाङ्को निधन भएपछि रिक्त स्थानका लागि उप–चुनाव गर्न लागिएको हो ।

त्यस्तै, बझाङ क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा क्षेत्र १ बाट निर्वाचित पृथ्वीबहादुर सिंहको निधन भएपछि रिक्त रहेको सो स्थानका लागि समेत उपनिर्वाचन गर्न लागिएको आयोगले जनाएको छ । प्रतिनिधिसभा वा प्रदेशसभाको कार्यकाल ६ महिनाभन्दा बढी अवधि बाँकी रहँदै कुनै क्षेत्रमा सांसद पद रिक्त भएमा उपनिर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *