खाडी बस्तीमा सोमबार साँझ भएको दुर्घटनामा एकजनाको मृत्यु

झापाको कन्काई नगरपालिका ८ खाडी बस्तीमा सोमबार साँझ भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका ४५ वर्षीय सागर मिश्र रहेका छन् ।

घैलाडुब्बाबाट लक्ष्मीपुरतर्फ जाँदै गरेको मे १ त ११५१ नम्बरको ट्याक्टरले मिश्र सवार प्रदेश १,०१,०१३ प २५१३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।ठक्करबाट घाइते भएका मिश्रको अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटनापछि प्रहरीले ट्याक्टर चालक बिर्तामोड ४ का कृष्णप्रसाद सुवेदीलाई नियन्त्रणमा लिएको छ।

Leave a comment

Your email address will not be published. Required fields are marked *