महिलालाई आत्मनिर्भर बनाउँदै भद्रपुर नगरपालिका

झापाको भद्रपुर नगरपालिकाले महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले बाटेको धुप बनाउने तालिम दिएको छ ।

‘सीप सिकौं, स्वरोजगार बनौं’ भन्ने नाराका साथ नगरपालिकाको सामाजिक शाखाको आयोजनामा विपन्न महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले बाटेको धुप बनाउने तालिम दिइएको सामाजिक विकास शाखा प्रमुख जीवनकला राउतले जानकारी दिनुभयो ।‘थोरै लगानीमा र स्वदेशी कच्चा पदार्थबाट धुप बनाउन सकिन्छ’, उहाँले भन्नुभयो, ‘घरमा बसी–बसी बनाउन सकिने र सजिलै बिक्री गर्न सकिन्छ ।’ नगरपालिकाले नगरका ६ वटा वडामा विपन्न महिलालाई लक्षित गरी तालिम सञ्चालन गरिरहेको छ ।

यसैबीच, फागुन १३ गतेदेखि १५ गतेसम्म सञ्चालित तीन दिने तालिम आज भद्रपुर वडा नं ६ मा सम्पन्न भएको छ । तालिममा वडाध्यक्ष रतिया राजवंशी, सामाजिक शाखा प्रमुख जीवनकला राउत लगायतले सहभागीलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो । कार्यक्रममा वडा सदस्य सन्ध्याकुमारी डंगोल, रेखादेवी साफी लगायतको आतिथ्य रहेको थियो भने कार्यक्रमको सञ्चालन कर्मचारी सञ्जु कोइरालाले गर्नुभएको थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *