मोरङको बेलबारीमा ट्रिपरले ठक्कर दिँदा तीन जनाको मृत्यु

मोरङको बेलबारीमा ट्रिपरले ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ।

बेलबारी नगरपालिका– ३ स्थित पुरानो मालपोत जाने बाटोमा शुक्रबार बिहान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा झापाको कमल गाउँपालिका– २ का ५२ वर्षीय यदुकान्त भट्टराई, कमल गाउँपालिका– ४ की ४४ वर्षीया दीपा खानाल र झापाको बिर्तामोड नगरपालिका– २ का ३६ वर्षीय कृष्ण गजुरेल रहेको प्रहरीले जनाएको छ।

 

दुर्घटना गम्भीर घाइते भएका यदुकान्त र दीपाको विराटनगरस्थित कोशी अस्पताल तथा कृष्णको विराटनगरकै न्युरो अस्पतालमा मृत्यु भएको हो।पूर्वबाट पश्चिम गइरहेको सुमो गाडीलाई ओभरट्याग गर्ने क्रममा ट्रिपरले ठक्कर दिएको प्रहरीले जनाएको छ। मे १ झ २८५६ नम्बरको सुमो गाडीलाई प्रदेश ०२–००१ ख ९६७६ नम्बरका ट्रिपरले ठक्कर दिएको थियो।

ठक्करपछि गाडी प्रदेश ३ क ००१ ख २७१८ नम्बरको यात्रुबाहक बसमा समेत ठक्कर खाएको थियो। बुलेरोमा ५ जना रहेको तीन जनाको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।दुर्घटना गराउने ट्रिपर र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले बताएको छ।

Leave a comment

Your email address will not be published. Required fields are marked *