नेपालले नामिबियालाई तीन रनले पराजित

आज भएको खेलमा नेपालले नामिबियालाई तीन रनले पराजित गरेको छ।

नेपाल टि–२० सिरिज अन्तर्गतको चौथो खेलमा १८० रन जोगाउँदै नेपालले नामिबियालाई निर्धारित २० ओभरमा १७७ रनमा रोकेको हो । नामिबियालाई उक्त स्कोरमा रोक्ने क्रममा नेपाली बलरले नामिबियाका ७ विकेट लिएका छन्। जसमा करन केसी, दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले २/२ विकेट लिदा एक विकेट अविनाश बोहराले लिए नामिबियाका तर्फबाट जेजे स्थितले २६ बलमा ५० रन, जान फ्राइलिकले २९ बलमा ३७ रन, जेपी कोट्जीले २५ रन, जेन ग्रिनले २३ रनको योगदान दिएपनि जीतका लागि पर्याप्त हुन सकेन। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कुशल मल्लको अर्धशतकको मद्दतमा आठ विकेट गुमाएर १८० रन जोडेको थियो । जसमा मल्लले ३७ बलमा ५५, आरिफ शेखले २४ बलमा ३१ रन, गुल्शन झाले १६ बलमा २६, ओपनर अनिल साहले १७ बलमा २३, दीपेन्द्रसिँह ऐरीले ८ बलमा १६ रनको योगदान दिएका थिए ।

नामिबियाका तर्फबाट बलिङमा बेन शिकोंगोले चार ओभरमा २८ रन खर्चिएर ३ विकेट, ज्याक ब्रसेलले ४ ओभरमा ४५ रन खर्चिएर २ विकेट, लफ्टी एटन, जान फ्राइलिक र रुबल ट्रम्पलम्यानले एकरएक विकेट लिए। नेदरल्यान्ड् र नमिबियासहित भइरहेको त्रिकोणीय सिरिजमा नेपाललाई आजको खेलमा जित्नैपर्ने दबाब थियो। यो जितसँगै नेपालले सिरिजको अंक तालिकामा २ अंक जोडेको छ। यसअघि नेपाल नामिबिया र नेदरल्यान्ड्ससँग एक खेलमा पराजित थियो। नेपाल र नामिबियालाई हराएर नेदरल्यान्ड्स चार अंकसहित अंकतालिकाको शिर्ष स्थानमा छ  ।

नेपालसँग पहिलो खेल जितेको नामिबियाको दुई अंक रहेको छ । तर नेट रनरेटमा नेपाल दोस्रो स्थानमा पुगेको छ । अब नेपाल र नामिबियाले नेदरल्यान्ड्ससँग एक÷एक खेल थप खेल्नेछन् । अंक तालिकामा शीर्ष दुईमा पर्ने टिमबीच सिरिजको फाइनल खेल हुनेछ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *