आजदेखि छैटौँ झापा गोल्ड कप हुँदै

आजदेखि छैटौँ झापा गोल्ड कप हुने भएको छ । गोल्डकपको उद्घाटन प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले गर्ने छन् ।

आजको उद्घाटनमा खेल संकटा र एपीएफ फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । टिकट शुल्क २००, ३०० र ४०० रुपैयाँ लाग्ने छ । सेमिफाइनल र फाइनलमा सोही टिकटमा १४० रुपैयाँको जुसको पनि ब्यवस्था रहेको छ । यती ब्रुअरी मुख्य प्रायोजक रहेको गोल्डकपमा ए डिभिजन क्लबसहित १० टोली सहभागी छन् ।

अन्तर्राष्ट्रिय झापाली समाज मुख्य सहप्रायोजक र बिर्तामोड नगरपालिका संरक्षक रहेको झापा गोल्डकपको फाइनल खेल फागुन २८ गते हुनेछ । गोल्डकपको विजेताले नगद १३ लाखसहित ट्रफी पाउनेछ । झापा गोल्डकपको छैटौँ संस्करण सम्पन्न गर्न एक करोड ४० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *