झापा मेचीनगरको गैरीगाउँका ६ जना स्थानीयमाथि सशस्त्र प्रहरीले खुकुरी प्रहार गरी घाइते

झापा मेचीनगरको गैरीगाउँका ६ जना स्थानीयमाथि सशस्त्र प्रहरीले खुकुरी प्रहार गरी घाइते बनाएको छ । तस्करी नियन्त्रण गर्ने विषयमा भएको विवादमा शुक्रबार राति ८ बजे सीमा सुरक्षा गुल्म, काँकडभिट्टाका सशस्त्र प्रहरीका कोट मास्टर र चालकले खुकुरीले हानेको स्थानीयले दाबी गरेका छन् ।

खुकुरी प्रहारबाट दीपा बातरको हातको औंला काटिएको छ । हरि बातरको छातीमा गहिरो चोट लागेको छ ।
विशेष राजवंशी, मिलन चापागाईं, दीपक बातर र आनन्द यादव घाइते भएका छन् । घाइतेलाई उपचारका लागि बीएन्डसी अस्पताल विर्तामोड लगिएको छ । काँकडभिट्टास्थित नेपाल–भारत सीमाको ९०२र९०३ नम्बर सीमा स्तम्भ नजिक घटना भएको हो ।

सशस्त्र प्रहरी बल नम्बर २ गण हेडक्वार्टरका एसपी कविन्द्र राईले तस्करी गर्ने समूहले प्रहरीमाथि आक्रमण गर्दा विवाद भई सामान्य हात हालाहाल भएको दाबी गरे । उनले भने, ‘प्रारम्भिक सूचनाअनुसार सशस्त्र प्रहरीमाथि घेरा हालेर स्थानीयले आक्रमण गर्न खोजिएको देखिन्छ ।’

Leave a comment

Your email address will not be published. Required fields are marked *