छैटौँ अर्ना झापा गोल्ड कपमा आज त्रिभुवन आर्मी एफसी र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदै

चर्च ब्वाइज युनाइटेड फुटबल क्लब झापाको बिर्तामोडको डोमालाल रंगशालामा जारी छैटौँ अर्ना झापा गोल्ड कपको अन्तिम चारमा आफूलाई सुरक्षित गर्न सफल भएको छ ।

मंगलबार भएको खेलमा एनआरटी फुटबल क्लब १–० गोल अन्तरले पराजित गर्दै ब्वाइजले अन्तिम चारमा आफूलाई सुरक्षित गर्न सफल भएको हो । चर्च ब्वाइजको जितका लागि एकमात्र गोल विदेशी खेलाडीबाट अवयोमी फकुन्लेले खेलको ३६औँ मिनेटमा पेनाल्टी एरियाबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । दायाँ साइडबाट सञ्जित राई (लाहुरे) ले दिएको पासलाई फकुन्लेले गोल गरेका हुन् । आजको खेल त्रिभुवन आर्मी एफसी र मछिन्द्र फुटबल क्लबबीच हुँदैछ । आर्मी चारपटकको झापा गोल्ड कपको विजेता टोली हो । साविक विजेता आर्मीसँग पहिलोपटक सहभागी हुन लागेको मछिन्द्र एफसीले प्रतिस्पर्धा गर्न लागेको हो ।

फागुन २८ गतेसम्म सञ्चालन हुने गोल्डकपमा झापा ११ एफसीसहित १० टोली सहभागी छन् । विजेता टोलीले नगद १३ लाख र ट्रफी पाउने छ भने उपविजेताले नगद ७ लाख पाउनेछन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *