दैनिक अण्डा खानुहोस्, मुटु रोग लाग्दैन

धेरैजसो व्यक्तिलाई अण्डा खानुपर्छ भन्नेबारे थाहा हुन्छ तर, कम व्यक्ति मात्र अण्डाका फाइदाबारे जानकार हुन्छन्।  त्यसैले अण्डाका फाइदाबारे यहाँ केही जानकारी दिन खोजिएको छ।

अण्डामा प्रोटीन र एमिनो एसिड प्रशस्त मात्रामा रहेको हुन्छ। प्रोटीन र एमिनो एसिड स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ।अण्डा विभिन्न प्रकारका भिटामिनको स्रोत पनि हो।यसमा भिटामिन ए,डी, ई बी टुभेल प्रशस्त मात्रामा रहेको हुन्छ।

साथै अण्डाले कोषहरु बिग्रिनबाट रोक्छ र दिमागलाई पनि चालू राख्छ।गर्भवती महिलाले अण्डा खानाले गर्भमा रहेको बच्चाको विकासमा पनि सहायता पुर्‍याउँछ। धेरै मानिसलाई आइरनको समस्या हुने गरेको छ। यसले गर्दा थकाई लाग्ने, कमजोरी हुने, टाउको दुख्ने जस्ता समस्या आउँछन्।नियमित अण्डा खाँदा यस्तो समस्या आउँदैन।

अण्डाको पहेँलो भाग जसमा फ्याट हुन्छ भनी धेरैले खाँदैनन् वास्तवमा त्यसमा एकदमै धेरै आइरन हुनाले यो खानु उपयुक्त हुन्छ। अण्डामा भएको प्रोटिन, भिटामिन र अन्य पोषक तत्वले कपाल र नङलाई बलियो बनाउन मद्दत गर्छ।दूध, दहीजस्ता डेरी उत्पादनका साथमा अण्डा खानाले हड्‍डीसम्बन्धी समस्या हटाउन मद्धत गर्छ।

चीनमा गरेको एक अध्ययन रिपोट अनुसार दैनिक अण्डा सेवन गर्ने व्यक्तिमा मुटुसम्बन्धी समस्या कम भएको पाइएको छ। चीनको ‘हार्ट जर्नल’ मा प्रकाशित समाचार अनुसार अण्डा खाने र नखाने ४ लाख व्यक्तिलाई अध्ययनमा सामेल गराएको थियो।

रिपोर्ट अनुसार दैनिक अण्डा खाने व्यक्ति अण्डा नखाने व्यक्तिको तुलनामा स्वस्थ्य भएको भेटिएको छ। सो रिपोर्टअनुसार अण्डा खाने व्यक्तिमा मृत्यु दर 18 प्रतिशत कम देखिएको छ।

मुटुसम्बन्धी समस्या भएका व्यक्तिमा हार्ट अट्याक,स्ट्रोक तथा अरु रोगको खतरा रहेको हुन्छ। पछिल्लो समय धेरैजसो व्यक्तिमा ब्लड प्रेसर,मोटोपन र ब्लड सुगरको समस्या देखिने गरेको छ।यस्ता समस्याले मुटुसम्बन्धी रोग लाग्नमा ठूलो भूमिका खेलेको हुन्छ।

यसका साथै खानपानमा लापरवाही,धुमपान तथा अल्कोहलको सेवनबाट पनि मुटुसम्बन्धी रोगको खतरा बढ्न सक्छ। त्यसैले यस्ता खानेकुराबाट टाढै रही सन्तुलित खाना खाने गरौं।

Leave a comment

Your email address will not be published. Required fields are marked *