झापा गोल्डकपको पहिलो सेमिफाइनल आज, एपिएफ र आर्मी भिड्दै

बिर्तामोड । छैटौँ झापा गोल्डकप फुटबल प्रतियोगितामा आजदेखि सेमिफाइनलका खेल शुरु हुँदैछन् । पहिलो सेमिफाइनलमा आज शसस्त्र प्रहरीको एपीएफ र त्रिभुवन आर्मी क्लबबीच खेल हुनेछ । यो खेल दिउँसो २ बजेपछि विर्तामोडको डोमालाल राजवंशी मैदानमा शुरु हुनेछ ।

दोस्रो सेमिफाइनलमा भोलि झापा–११ र चर्च ब्वाइज युनाइटेडबीच खेल हुनेछ । नारी दिवसको अवसरमा आज महिलालाई निःशुल्क खेल हेर्न दिइने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेता टिमले १३ लाख र उपविजेता टिमले नगद ७ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *