चार पटक उपाधि जितेको आर्मी झापा गोल्ड कपबाट बाहिरियो

२५ फागुन, बिर्तामोड । झापा गोल्डकपको सर्वाधिक सफल त्रीभुवन आर्मी क्लव झापा गोल्डकपको सेमीफाइनल बाटै बाहिरिएको छ ।

झापाको डोमालाल राजबंशी रंगसालामा भएको पहिलो सेमीफाइनल खेलमा अर्को विभागिय टोली एपिएफ फुटबल क्लवसँग १-० ले पराजित हुदै आर्मी अन्तिमा ४ बाटै बाहिरिएको हो ।

जितसँगै सशस्त्र प्रहरीको एपिएफ फुटबल छैटौँ झापा गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ ।

चारपटकको झापा गोल्ड कपको विजेता त्रिभुवन आर्मी फुटबल क्लबलाई हराउँदै एपिएफले कम्तिमा ७ लाख रुपैयाँ पुरस्कार सुरक्षित गरेको हो।

एपिएफले आर्मीको आत्मघाती गोलको उपहारबाट फाइनल यात्रा गरेको हो । एपिएफका विदेशी खेलाडी फोडे फोफोनाले प्रहार गरेको बल खेलको ७०औँ मिनेटमा आत्मघाती भएको थियो । फोफोनाको प्रहार आर्मीका रक्षक कमल थापालाई लाग्दै गोल भएको थियो ।

खेलको प्लेयर अफ द म्याच विजेता टोली सशस्त्र प्रहरीका फोडे फोफोना भए । उनले ११ हजार रुपैयाँ पुरस्कार पाए ।

भोलिको अन्तिम सेमिफाइनल खेल चर्च ब्वाइज युनाइटेड र झापा ११ एफसीबीच हुनेछ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *