प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका छन्।

गठबन्धन फेरिएसँगै नेपाली कांग्रेसले प्रतिपक्षमा बस्ने निर्णय गरेपछि प्रधानमन्त्री दाहालले विश्वासको मत लिएका हुन। प्रधानमन्त्री दाहालको पक्षमा १५७ र विपक्षमा ११० मत खसेको छ। १ जना तटस्थ रहे। प्रतिनिधिसभाका २७५ सदस्यमध्ये २६८ जनाले मतदान गरेका थिए। बहुमत पुग्न १३८ मत आवश्यक थियो।उनले नेपालको संविधानको धारा १०० को उपधारा २ बमोजिम प्रतिनिधि सभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधि सभा नियमावली २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेस गरेका थिए। उक्त प्रस्तावमाथि दलीय आधारमा दुई घण्टाका लागि छलफलको समय तोकिएको थियो। छलफलपछि सभामुख देवराज घिमिरेले विश्वासको मतलाई निर्माणार्थ प्रस्तुत गरेका थिए। पक्ष र विपक्षमा दस्तखतसहितको मत विभाजनबाट निर्णय भएको हो। पक्षमा बहुमत पुगेकाले उनले संसद्बाट विश्वास पाएका छन्।

फागुन २१ गतेपछि बनेको नयाँ गठबन्धनमा नेकपा एमाले ७९, नेकपा माओवादी केन्द्र ३२, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० २१, जनता समाजवादी पार्टी ९जसपा० १२, नेकपा एकीकृत समाजवादी ९नेकपा एस० १० गरी १५४ सांसद छन्। नागरिक उन्मुक्ति पार्टी (नाउपा)का ४ सांसद छन्। आम जनता पार्टीका प्रभु शाह र स्वतन्त्र सांसद अमरेशकुमार सिंह र योगेन्द्र मण्डलले पनि पक्षमा मतदान गरेका छन्।प्रधानमन्त्रीले २०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त भएका दाहालले पुस २६ गते संविधानको धारा ७६ ९४० बमोजिम विश्वासको मत लिएका थिए। त्यसबेला प्रतिनिधिसभा बैठकमा उपस्थित २७० सांसदमध्ये २६८ जनाले पक्षमा र २ मत विपक्षमा परेको थियो।

माओवादी र एमालेसँगको गठबन्धनमा कांग्रेसले पनि पक्षमा मत हालेको थियो। त्यसको महिना दिनपछि नै पुनः माओवादी र कांग्रेससँगको गठबन्धन बनेपछि चैत ६ गते प्रधानमन्त्रीले संविधानको धारा १०० को २ बमोजिम विश्वासको मत लिएका थिए।यसमा २६५ उपस्थित थिए भने पक्षमा १७२ मत परेको थियो भने एमालेसहितका केही दलले विपक्षमा मतदान गरेका थिए। विपक्षमा ८९ मत परेको थियो भने एक तटस्थ मत परेको थियो।

Leave a comment

Your email address will not be published. Required fields are marked *