उदयपुरको बेलका नगरपालिका– ७ मा बोलेरो दुर्घटना हुँदा ६ जनाको मृत्यु

उदयपुरको बेलका नगरपालिका– ७ मा आज विहान ११ बजे बोलेरो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। गाडी भीरबाट ५ सय मिटर तल खसेको हो।

जिल्ला प्रहरी कार्यालयका उदयपुरका एसपी रमेश थापाले दुर्घटनामा ६ जनाको मृत्यु भएको जानकारी दिएका छन्। भोजपुरको घोडेटारबाट सुनसरीको धरान जाँदै गरेको जिप दुर्घटना भएको हो। घटनास्थलमा ६ जनाको शव फेला परेको छ। सात जना घाइते भएका छन्। मृतक र घाइतेहरूको विवरण आउन बाँकी छ।

भोजपुरदेखि धरानतर्फ गइरहेको नं। नखुलेको बोलेरोमा १४ यात्रु सवार रहेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ। बेलका रामपुरदेखि ४८ किलोमिटर पूर्वोत्तरमा पर्ने घटनास्थलमा उदयपुर र भोजपुर दुवैतिरबाट टोली खटेको पुगिसकेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

 

Leave a comment

Your email address will not be published. Required fields are marked *