रुसी फौजीमा भर्ना भएका ७ नेपाली युवाको मृत्यु

रुसी फौजीमा भर्ना भएका ७ नेपाली युवाको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयले उक्त कुरा पुष्टि गरेको हो ।

मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार झापाका गंगाराम अधिकारी, धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बागलुङका जितबहादुर विक, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तानको मृत्यु भएको हो ।रुसी फौजमा भर्ना भएका नेपालीलाई स्वदेश फर्काउन सरकारले उच्च प्राथमिकताका साथ कुटनीतिक प्रयास जारी राखेको मन्त्रालयको भनाइ छ । साथै ज्यान गुमाएका नेपालीहरूको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेको उपचार गर्न पनि रुस सरकारलाई अनुरोध गरिएको बिज्ञप्तिमा उल्लेख छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *