भोजपुरको टक्सारमा आगलागी हँदा ६ वटा घर जलेर नष्ट

भोजपुर — भोजपुर नगरपालिका–१२ टक्सारमा आगलागीका कारण छ वटा घर जलेर नष्ट भएका छन् । आगो अनियन्त्रित हुँदै गएको छ ।

मालबाँसे गाउँ नजिकैको जङ्गलमा लागेको आगो हावाहुरीले उडाएर बस्तीमा पसेपछि घरहरु जलेका जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकुमार राईले जानकारी दिनुभयो । उहाँका अनुसार मानवीय क्षति भने भएको छैन ।

सेना, प्रहरी र स्थानीयले आगो निभाउने प्रयास गरिरहेका छन् । तर तीव्र रुपमा हुरीबतास चलिरहेकाले आगो निभाउन समस्या भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकुमार राईले बताउनुभयो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *