भोजपुरको हतुवागडी –७ मा भएको आगलागीमा परी एकै परिवारका तीन बालबालिकाको मृत्यु

भोजपुरको हतुवागडी गाउँपालिका–७ मा भएको आगलागीमा परी एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकुमार राईले आगलागीमा परी एक बालिका, दुई बालकको मृत्यु भएको जानकारी दिए। इलाका प्रहरी कार्यालय घोरेटारबाट घटनाको विस्तृत विवरण आउन बाँकी रहेको उनले बताए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *