कोशी प्रदेशमा ०८० फागुनयता आगलागीका घटनामा तीन जनाबालिकासहित पाँच जनाको जलेर मृत्यु

यतिबेला वातावरण विज्ञ तथा मौसमविदहरूले प्रिमनसुनको समयमा वर्षा नहुनुलाई जलवायु परिवर्तनको रूपमा लिएका छन् । यो समयमा प्रिमनसुन सुरूआत भइसके पनि वर्षा नभएका कारण सुख्खा बढ्दा कोशी प्रदेशमा फागुनयता आगलागीका घटनामा सयौँ मानिस घरबारविहीन हुनु परेको बताएका छन् ।

०८० फागुन र चैतको पहिलो साता गरी जिल्लामा एक साताको अवधिमा १७ ओटा आगलागीका घटनामा करोडौँको भौतिक क्षति भएको छ । चैत ४ गते दमक नगरपालिका (८ मा रहेको एक फर्निचर उद्योगमा आगलागी हुँदा १० लाख रुपियाँ बराबरको क्षति भएको छ । फर्निचरका सञ्चालक मुहम्मद शाकिर हुसेनले उद्योग बन्द गरेर निस्केको केही बेरमा अगालागी भएको बताउनु भयो । जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी ढुण्डीराज गिरीले दिएको जानकारी अनुसार फागुन २६ गतेदेखि चैत ३ गतेसम्म एक साताको अवधिमा जिल्लामा १५ ओटा स्थानीय तहमा १६ ओटा आगलागीका घटना भएका छन् । मेचीनगर नगरपालिका(१५ को भगवती प्लाइ उद्योगमा भएको आगलागीबाट १५ करोड ३२ लाखको क्षति भएको छ । कन्काइ, शिवसताक्षी, भद्रपुर, झापा, हल्दीबारी, गौरीगञ्ज र दमकमा गरी १६ ओटा आगलागीका घटना भएका छन् ।

वातावरण विज्ञ भुषण तुलाधरले प्रिमनसुन सुरूआत हुने समय भएको तर जाडोयाम सकिँदा पनि वर्षा नभएका कारण अत्यधिक सुख्खा बढ्दा कोशी प्रदेशमा आगलागीका घटना अतयाधिक रुपमा बढेको बताउनु भयो । उहाँले वर्षा हुनुपर्ने समयमा वर्षा नभएका कारण सुख्खा बढेको छ, चैत, वैशाख महिना तातोहावा चल्ने भएकाले आगलागीका घटना वृद्धिमा सहयोग पुगेको छ, समयमा वर्षा नहुनु वा अत्यधिक वर्षा हुनुलाई जलवायु परिर्वतनका संशयका रूपमा लिन सकिन्छ, वातावरण विज्ञ तुलाधरले भन्नुभयो । कोशी प्रदेश कार्यालय, विराटनगरले कोशी प्रदेशमा ०८० फागुनयता आगलागीका घटनामा तीन जनाबालिकासहित पाँच जनाको जलेर मृत्यु, १ सय ६८ ओटा घर जलेर नष्ट र १५ करोड रुपियाँ बराबरको आर्थिक क्षति भएको जानकारी दिएको छ ।प्रिमनसुनको समय सुरू हुनै लाग्दा आगलागीका घटना र क्षतिको ग्राफ बढ्दै गएको प्रदेश प्रहरी कार्यालयका डिआइजी चन्द्रकुबेर खापुङले बताउनु भयो । ‘आगलागीको घटना बढ्दै जाँदा चिन्ता थपिएको छ । उद्दार र आगलागी नियन्त्रणमा प्रहरी परिचालित भएको छ । तर, आगलागीका घटना रोकिएको छैन,’ उहाँले भन्नुभयो ‘आगलागीका घटना नियन्त्रणका लागि स्रोत र साधनको कमी, भौगोलिक विकटताले पनि समस्या पारिरहेको छ ।’

फागुनयता कोशी प्रदेशका सयौँ नागरिक घरबार जलेका कारण आवासविहीन हुनु परेको छ । तर सङ्घीय र प्रदेश सरकारले आगलागी घटनाका पीडितको द्रुत उद्दार, उचित व्यवस्थापन र राहत वा क्षतिको कार्यलाई प्रभावकारी ढङ्गले अघि बढाउन सकेका छैनन् ।

आगलागीका घटना बढेपछि सर्तकता अपनाउन कोशी प्रदेश सरकारले गरेको सार्वजनिक अपील ।

 

Leave a comment

Your email address will not be published. Required fields are marked *