इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि नेपाली कांग्रेसले सात जनाको नाम सिफारिस

आउँदो वैशाख १५ मा हुने इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि नेपाली कांग्रेसले सात जनाको नाम जिल्लाबाट सिफारिस गरेको छ । बुधबार बसेको कांग्रेस जिल्ला समिति बैठकले भेषराज आचार्य, केशव थापा, डम्बरबहादुर खड्का, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र शान्तिकला राईको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

क्षेत्रीय समितिबाट आएको सिफारिस अनुसारकै नाम प्रदेश समितिमा सिफारिस गर्ने निर्णय बैठकले गरेको जिल्ला सभापति डम्बरबहादुर खड्काले बताए ।चुलाचुली गाउँपालिकामा बसेको क्षेत्रीय समिति बैठकले तीन जनाको नाम पठाउनुपर्नेमा सात जनाको नाम जिल्लामा पठाएको थियो ।क्षेत्रीय सभापति डिकेन्द्र इदिङ्गो प्राथमिकताका आधारमा नेता भेषराज आचार्य, दोस्रो नम्बरमा केशव थापा, डम्बरबहादुर खड्का, नगेन्द्र कुमाल तथा रमेश लिङ्देन र तेस्रो नम्बरमा चन्द्रमाया लिम्बू एवं शान्तिकला राईको नाम जिल्लामा सिफारिस भएको जानकारी दिएका थिए ।

तर, जिल्ला समितिले भने क्षेत्रीय समितिबाट आएका नाममा समान प्राथमिकता रहने रायसहित प्रदेश समितिमा सिफारिस पठाउने जिल्ला सभापति खड्काले बताए ।कांग्रेस जिल्ला सचिव पूूर्णप्रसाद गौतमले क्षेत्रीय समितिबाट जस्तो निर्णय आएको छ, त्यहीक्रममा प्रदेश समितिमा सिफारिस पठाउने बताए । ‘क्षेत्रीय समिति बैठकमा जिल्ला सभापति ९डम्बरबहादुर खड्का० पनि आमन्त्रित सहभागी हुनुहुन्छ, त्यस क्षेत्रका महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधिसमेत सहभागी हुनुहुन्छ,’ सचिव गौतमले भने, ‘विधानअनुसार त्यो बैठकले गरेको निर्णय जिल्लाले रायसहित पठाउनेमात्रै हो, कुनै क्रम र प्राथमिकता तलमाथि हुँदैन ।’

२०७९ सालको निर्वाचनमा अहिले सिफारिसमा परेका कांग्रेस सभापति खड्का यो क्षेत्रको उम्मेदवार थिए । उनी नेकपा ९एमाले०का सुवासचन्द्र नेम्बाङसँग एक सय १४ मतान्तरले पराजित भएका थिए । नेम्बाङले ३० हजार २० मत ल्याएका थिए भने गठबन्धनका उम्मेदवार खड्काले २९ हजार नौ सय छ मत ल्याएका थिए । यो क्षेत्रमा समानुपातिकतर्फ एमालेले २६ हजार पाँच सय ६२, कांग्रेसले २२ हजार तीन सय ३३, माओवादीले पाँच हजार एक सय ५३ र राष्ट्रिय स्वतन्त्र पार्टीले चार हजार छ सय ८६ मत ल्याएका थिए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *