आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) शुरु

आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) शुरु भएको छ ।

आजदेखि शुरु हुने परीक्षा चैत २७ गतेसम्म सकिने बोर्डको परीक्षा तालिका छ । यो वर्ष झापाबाट १५ हजार ८ सय २२ जनाले विद्यार्थीले एसईई परीक्षामा भाग लिने शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ । सोही अनुसार जिल्लाभरका विद्यार्थीहरुलाई प्रवेश पत्र वितरण गरिसकिएको छ ।समन्वय इकाइका कर्मचारी ओम राईले जिल्लामा ५७ वटा परीक्षा केन्द्रहरुबाट परीक्षा भइरहेको जानकारी दिए । जिल्लामा सबैभन्दा धेरै बिर्तामोड नगरपालिकामा ८ वटा र सबैभन्दा कम बाह्रदशी र गौरीगञ्जमा १/१ वटा परीक्षा केन्द्र रहेका छन् ।

यो वर्षको परीक्षाका लागि ४ लाख ८९ हजार ४४४ जनाले रजिष्ट्रेसन फाराम भरेका छन् । तीमध्ये २ लाख ४६ हजार चार छात्र र २ लाख ४३ हजार ४४० छात्राले रजिष्ट्रेसन फाराम भरेका छन् ।यो वर्षको परीक्षामा प्रत्येक विषयमा न्यूनतम ३५ प्रतिशत ल्याउनै पर्ने व्यवस्था गरेको छ।

Leave a comment

Your email address will not be published. Required fields are marked *