उत्प्रेरक उद्यमी समाज बिर्तामोडको प्रारम्भिक साधारण सभा सम्पन्न

उत्प्रेरक उद्यमी समाज बिर्तामोडले प्रारम्भिक साधारण सभा सम्पन्न गरेको छ ।

आज (शनिबार) सतासी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सभाहलमा २५ जनाको उपस्थितिमा सभा सम्पन्न भएको हो । सभामा उपस्थितलाई समाजको उद्देश्य, कार्ययोजना तथा आगामी तीन वर्षको रणनीतिक योजनको बारेमा सभाका अध्यक्ष सन्दिप गिरीले जानकारी गराउनु भएको थियो ।

समाजले पहिलो वर्षमा सदस्यता विस्तार, व्यवसायिक योजना निर्माण तथा कम्तीमा एक योजनामा लगानी, दोस्रो वर्षमा झापा जिल्ला अन्तर्गतका पालिकाहरुमा यूवा उद्यमी क्लव गठन गर्नुका साथै उक्त क्लव मार्फत अधिकतम दुई वटा व्यवसायिक योजनामा लगानी र तेस्रो वर्षमा बाल उद्यमी क्लव गठन तथा सञ्चालन गर्ने विषयमा अध्यक्ष गिरीले प्रकाश पार्नु भएको थियो ।
सभामा यूवा कपडा व्यवसायी विष्णु आचार्य, फोटोग्राफी व्यवसायी विपिनराज भण्डारी र कन्सलटेन्सी व्यवसायी दीपक दासले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

निर्वाचन अधिकृत विज्ञानराज पौडेलको संयोजकत्वमा बनेको निर्वाचन समितिको सदस्यहरु मदन ढुङ्गेल र शारदा न्यौपानेले नयाँ संचालक समितिको गठन गर्नुभएको थियो ।

नव निर्वाचित सञ्चालक समितिको नामावली
१. अध्यक्ष – सन्दिप गिरी
२. उपाध्यक्ष – सन्तोष कुमार श्रेष्ठ
३. महासचिव – नविन भण्डारी
४. कोषाध्यक्ष – अर्जुन उप्रेती
५. सदस्य – टिकाराम धमला
६. सदस्य – निशान खतिवडा
७. सदस्य – सृजन अधिकारी
८. सदस्य – प्रकाश पाण्डे
९. सदस्य – आश्विन देउजा
१०. सदस्य – विशाल प्रसाई
११. सदस्य – सञ्जय अग्रवाल

Leave a comment

Your email address will not be published. Required fields are marked *