ट्याङकरको ठक्करबाट दुईजनाको मृत्यु

भदौ २२।  चितवनको भुरझुरेमा ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको ज्यान गएको छ ।

चितवनबाट मकवानपुरका लागि छुटेको ना २ ख ८५३९ नम्बरको ट्याङकरले ग ५ प ८२६० नम्बरको मोटरसाइकललाई राप्ती नगरपालिका–३ झुरझुरेमा ठक्कर दिँदा मकवानपुर छत्तिवनका सुकमान स्याङ्तान र बारा जितपुर १६ का प्रेमबहादुर मोक्तानको ज्यान गएको प्रहरीले जनाएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *