बिर्तामोडमा आजबाट अन्तर्राष्ट्रियस्तरको कुरियर सेवा शुरु

बैशाख २, बिर्तामोड ।  झापाको बिर्तामोडमा आई मार्ट कुरियर सेवा शुरु भएको छ । बिर्तामोडको भद्रपुर रोडमा आज (आइतबार)बाट आई मार्ट कुरियर सेवा शुरु भएको हो ।

युनाइटेड हेल्थ केयर अमेरिकाका सिइओ खड्ग गजमेर र जीवीएमआईसीका सिइओ कर्ण गुरुङले संयुक्त रुपमा रिवन काटेर आई मार्ट कुरियर सेवा शुभारम्भ गर्नुभएको थियो ।

युनाइटेड हेल्थ केयर अमेरिकाका सिइओ खड्ग गजमेरको अध्यक्षतामा भएको कार्यक्रममा आई मार्ट कुरियर सेवा बिर्तामोडका प्रमुख जीवन पोखरेलले स्वागत तथा औचित्यमाथी प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा युनाइटेड हेल्थ केयर अमेरिकाका सिइओ खड्ग गजमेर र जीवीएमआईसीका सिइओ कर्ण गुरुङले नेकपालमै केही गर्न चाहने युवाले कुरियर सेवा शुरु गरेकोमा खुशी व्यक्त गर्दै कुरियर सेवा सञ्चालनका लागी आफूहरुले सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । सिइओ कर्ण गुरुङले एउटा व्यवसायले अर्को व्यवसायलाई जोड्ने र व्यवसायलाई इन्टरडिपेन्डेन्ट बनाउने प्रयास गरेको बताउनुभयो ।

कार्यक्रममा आई मार्ट कुरियर सेवाका सिइओ अर्जुन उप्रेतीले आई मार्ट कुरियर सेवा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको कुरियर सेवा भएको बताउँदै यसले देश तथा विदेशमा एक ठाउँको सामान अर्को ठाउँमा सुरक्षित तरिकाले पुर्याउने बताउनुभयो । उहाँले नेपालमा थुप्रै कूरियर कम्पनी भएपनि आई मार्ट कुरियर सेवाले एकै दिनमा पिकअप र डेलिभरी गर्ने भएकाले यो सेवा अति आवश्यक परेको समयमा लिन सकिने बताउनुभयो ।

आई मार्ट कुरियर सेवाले फिजिकल मात्र नभएर अनलाइन प्रणालीबाट सेवा प्रदान गर्दै आएको बताउँदै उहाँले त्यसका लागी उक्त कम्पनीको वेबसाइटमा गएर आफ्नो सामान सुरक्षित साथ पठाउन अर्डर गर्न सकिने जानकारी उहाँले दिनुभयो ।

उहाँले आई मार्ट कुरियर सेवाले बैंक, अन्य कर्पोरेट कम्पनी एवं सरकारी कार्यालय सबै किसिमका संस्थाका कागजपत्रदेखि व्यक्तिगत कागजपत्रहरु समेत एक ठाऊँबाट अर्को ठाउँमा भरपर्दो रुपमा पठाउने बताउनुभयो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *