नक्कली सुन देखाई ठगी गर्ने भारतीय नागरीक बिर्तामोडबाट पक्राउ

विर्तामोड ४, बैशाख ।  झापाको बिर्तामोडमा नक्कली सुन देखाई ठगी गर्ने एकजना भारतीय नागरीक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत सिलिगुडी बस्ने ५४ वर्षीय शेरबहादुर गिरी रहेका छन् ।

उनलाई हिजो दिउँसो बिर्तामोड नगरपालिका वडा नंं.५ शनिश्चरे रोडबाट नियन्त्रणमा लिइएको हो । बिर्तामोड नगरपालिका वडा नं.५ शनिश्चरे रोडमा बुद्धशान्ति गाउँपालिका वडा नंं.२ बस्ने ४५ वर्षीया सविता सिटौलालाई गिरीले ‘मसँग काँचो सुन छ, तपाईँलाई म ६० हजारमा काँचो सुन दिन्छु’ भनी ललाई फकाई ६० हजार रकम लिई सवितालाई बिस्कुट जस्तो आकारको नक्कली सुन दिएर ठगी गरेका थिए ।

पीडितले इलाका प्रहरी कार्यालय बिर्तामोडमा जानकारी गराउना साथ उक्त कार्यालयबाट खटिएको प्रहरी टोलीले गिरीलाई शनिश्चरे रोडबाट नियन्त्रणमा लिई सो घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *