कारको ठक्करबाट बालकको मृत्यु

झापा बिर्तामोड नगरपालिकास्थित मुक्तिचोकमा कारको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

मेचीनगर–१२ का १२ वर्षीय सन्तोष रोकाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय झापाले जनाएको छ । शनिबार राति पश्चिमबाट पूर्बतर्फ जाँदै गरेको प्र. १–०१–००२ च १९० नम्बरको कारले सन्तोषलाई ठक्कर दिएको थियो । दुर्घटनाबाट घाइते सन्तोषलाई उपचारक लागि बिएण्डसी अस्पताल बिर्तामोड पठाइएको र उपचारको क्रममा आइतबार बिहान ३ बजे मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । कार चालक मेचीनगर नगरपालिका– १ का २६ वर्षीय रोनस परियारलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *