मोटरसाईकल दुर्घटनामा परी ई–न्यूज ब्यूरोका सम्पादक यादवको निधन

सडक दुर्घटनामा ई–न्यूज ब्यूरोका सम्पादक यादवको निधन

त्रिनेत्र न्यूज नेटवर्कद्धारा सँचालित ई–न्यूज ब्यूरोडटकमका कार्यकारी सम्पादक पत्रकार विनय कुमार यादवको निधन भएको छ  ।गएराती करिब १ बजेको समयमा जनकपुर–ढल्केवर सडकखण्डमा उनले आफैँ चलाएको मोटरसाईकल दुर्घटनामा परी निधन भएको हो । ढल्केवरबाट धारापानीतर्फ जाँदै गरेको अवस्थामा उनको दुर्घटना भएको बताईएको छ । मोटरसाईकलको पछाडी सवार एक जनाको अवस्था गम्भिर रहेको छ । उनको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भईरहेको छ ।गत बर्ष मात्र विवाह गरेका पत्रकार यादव गत बैशाख ४ गते मात्र जन्मदिन मनाएका थिए । गएराती ढल्केवरबाट साथीसँगलाई भेटेर घरतर्फ फर्किदैँ गर्दा मोटरसाईकल अनियन्त्रित भएर पोलमा ठोक्किन जाँदा मृत्यू भएको हो ।

दुई भाई रहेका यादवको दाजु भने केही महिना अगाडी मात्र विदेशिएका हुन् । उनको शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पतालमा राखिएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *