आज सुनको मूल्य घट्यो, १ लाख ३५ हजार ५ सय रुपैयाँमा कारोबार हुँदै

बैशाख १२, बिर्तामोड ।  सुनको मूल्य आज फेरि घटेको छ । अघिल्लो दिन प्रतितोला ११ सय रुपैयाँले घटेको सुन प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँमा झरेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य आज थप २७ सय रुपैयाँले घटेर १ लाख ३५ हजार ५ सय रुपैयाँमा झरेको हो । यस्तै आज तेजाबी सुनको मूल्य पनि आज तोलामा २७ सय रुपैयाँले नै घट्दै १ लाख ३४ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैबीच,चाँदीको मूल्य पनि आज तोलामा ४५ रुपैयाँले घट्दै १ हजार ६६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ७ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *