अपरणमा संलग्न रहेको आरोपमा आठ जना पक्राउ

भाद्र, २२काठमाण्डौं । अपरणमा संलग्न रहेको आरोपमा धुलिखेल नगरपालिका–५ चौकोटबाट प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दीपक भुजेल, राजन घोरासैनी, कृष्णहरि अधिकारी, रामेश्वर सिलवाल, टेकबहादुर विक, धननारायण तण्डुकार, रञ्जन सिलवाल र नकुल कार्की रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रहरी प्रमुख हिमालयकुमार श्रेष्ठका अनुसार मान्छे अपरहणमा परेको प्राप्त सूचना आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । अहिले उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको भक्तपुर प्रहरीले जनाएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *