प्रधानमन्त्री पुष्पकमल दाहाल र कतारका राजा शेख तमिम बिन हमाद अल थानीबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल र कतारका राजा शेख तमिम बिन हमाद अल थानीबीच भेटवार्ता भएको छ।

दुईदिने भ्रमणका लागि मङ्गलवार नेपाल आइपुगेका कतारका राजना थानी र प्रधानमन्त्रीबीच होटल सोल्टीमा भेटवार्ता भएको हो।परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईका अनुसार कतारसँग ६ वटा एमओयुमा हस्ताक्षर हुनेछन्। नेपाल र कतारको सरकारी समाचार एजेन्सी, महान्याधिवक्ताको कार्यालय र इन्स्टिच्युट अफ फरेन अफेयर्ससँग सम्बन्धित विषयमा तालिम र सहयोग आदान प्रदान सम्बन्धी हस्ताक्षर हुने कार्यक्रम रहेको छ। यसैगरी शिक्षा र संस्कृति आदान प्रदानसँग सम्बन्धित विषयमा पनि हस्ताक्षर गर्ने कार्यक्रम पनि रहेको छ।

भेटवार्ता पछि द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको छ।

Leave a comment

Your email address will not be published. Required fields are marked *