झिलझिलेमा भएको दुर्घटनामा परी मृत्यु हुनेहरुको पहिचान खुल्यो

झापाको शिवसताक्षी–८ झिलझिलेमा भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २५ वर्षीया मोटरसाइकल चालक मौसम राई ,पछाडि सवार २० वर्षीय युनिस भण्डारी र १७ वर्षीय सरोज रेग्मी रहेका छन् । आज बिहान साढे ५ बजे पूर्वपश्चिम राजमार्गको झिलझिलेमा मे ३ प ५००१ नम्बरको मोटरसाइकल र प्रदेश १–०१–००१ च ९३२९ नम्बरको जिप ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकलमा रहेका तीन जनामध्ये दुई जनाको घटनास्थलमै र एक जनालाई बीएण्डसी अस्पताल लैजाँदै गर्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *