ट्राफिक प्रहरीले संकलन गर्यो नौ महिनामा झण्डै तीन करोड राजश्व

अस्मिता साँखी
१६ बैसाख, झापा ।   जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले चालु आर्थिक बर्षको चैत मसान्तसम्म झण्डै तीन करोड राजश्व संकलन गरेको छ । ट्राफिक नियम उल्लंघन गरी सवारी चलाउने चालक तथा सवारी साधनबाट कारवाही स्वरुप चालु आर्थिक बर्षको चैत मसान्त सम्म दुई करोड ७७ लाख ३६ हजार १ सय ४१ रुपैँया राजश्व संकलन भएको हो ।

यही अवधीमा ट्राफिक नियम उल्लघंन गरेवापत साना ठुला गरी ४० हजार ९ सय २७ वटा सवारी साधन माथी कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरिक्षक नवराज न्यौपानेले जानकारी दिनुभयो । कारवाहीमा पर्ने सवारीमा सबैभन्दा धेरै कार तथा जिप रहेको पनि न्यौपानेले बताउनुभयो । सो अवधीमा १३ हजार २ सय ९८ वटा कार/जिप कारवाहीमा परेका छन् भने २ पांग्रे सवारी मोटरसाइकल ११ हजार ६ सय ८० वटा, ट्रक ८ हजार ९ सय २७ वटा, टेम्पो २ हजार ९ सय २७ वटा, बस २ हजार ९५ वटा कारवाहीमा परेका हुन् । त्यस्तै २ हजार वटा ट्रयाक्टर ट्राफिक नियम उल्लंघन गरेवापत कारवाहीमा परेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले गत आर्थिक बर्ष २०७९/८० मा झण्डै चार करोड राजश्व संकलन गरेको थियो । गत आर्थीक बर्षको असार मसान्तसम्म तीन करोड ९५ लाख ५६ हजार रुपैँया राजश्व संकलन भएको थियो भने चैत मसान्तसम्म दुई करोड ६६ लाख ८७ हजार ५ सय रुपैँया राजश्व संकलन भएको कार्यालयले जनाएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *