खुकुरी प्रहार गरी सौतेनी आमाको विभत्स हत्या

इलामको माई नगरपालिका–२ डिपुडाँडामा आइतबारराति छोराले खुकुरी प्रहार गरी सौतेनी आमाको विभत्स हत्या गरेका छन । घरायसी विवाद हुँदा २१ बर्षीय छोरा सन्देश दियालीले वाङफोक (खुकुरी)प्रहार गरी ३१ बर्षीया सौतेनी आमा नेत्रमाया खवास दियालीको हत्या गरेको लोदिया प्रहरी चौकी दानावारीका प्रमुख प्रहरी बरिष्ठ नायव निरीक्षक कैलाशकुमार केसीले जानकारी दिनुभयो ।

घरायसी लेनदेनका विषयमा कुरा नमिल्दा विवाद भई हत्या भएको हुन सक्ने छिमेकीहरुले बताएका छन । हत्या गर्ने छोरा सन्देश र सौतेनी आमा नेत्रकला घरमा बस्दै आएका थिए । नेत्रकलाका श्रीमान भने बैदेशिक रोजगारीमा रहेको छन । सन्देशलाई मध्यरातनै प्रहरीले नियन्त्रणमा लिईसकेको छ । हत्याको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *