झापामा लागुऔषध कारोबारी र प्रहरीबीच झडप, गोली हानी नियन्त्रण

१७ २०८१, बिर्तामोड । झापामा प्रहरीले गोली प्रहार गरि लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ ।

झापा गाउँपालिका–३ स्थित कामाटोलीमा गोली हानेर प्रहरीले लागूऔषध कारोबारी सरिफुल आलमलाई पक्राउ गरेको हो ।

अक्कलबहादुर विश्वकर्माको घरको तेस्रो तलामा लागूऔषध कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाका आधारमा गएको जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाको संयुक्त प्रहरी टोलीले नियन्त्रणमा लिन खोज्दा झापा गाउँपालिका–४ बस्ने २५ बर्षीय आलमले प्रहरीमाथि खुकुरी प्रहार गर्न खोजेपछि प्रतिरक्षाका लागि दुई राउण्ड गोली प्रहार गरिएको जिप्रका झापाका प्रमुख प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिनुभयो ।

उनको साथबाट प्रहरीले ११६.६० मिलिग्राम ब्राउन सुगर र खुकुरी १ थान बरामद गरेको जिप्रका झापाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो।

आलमको देब्रे तिघ्रा र पिडुलामा गोली लागेको र प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *