विजयसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने

इलाम–२ को उपनिर्वाचनमा जित हासिल गरेपछि नेकपा एमालेले आज विजय सभा गर्ने भएको छ ।

शनिबार भएको उपनिर्वाचनमा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले जितेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट विजयको प्रमाणपत्र प्राप्त गरेपछि नगर परिक्रमासहित विजय सभाको आयोजना हुँदैछ । आज दिउँसो १ बजे इलाम चोकबजारमा आयोजना हुने विजयसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिव पर्वत भण्डारीले जानकारी दिए । इलाम–२ मा भएको उपनिर्वाचनमा एमालेका सुहाङ २७ हजार ७७२ मत प्राप्त गरी विजयी भएका हुन् । उनले कांग्रेस उम्मेदवार डम्बर खड्का भन्दा ५ हजार ८३० मत बढी ल्याएका छन् । खड्काले २१ हजार ९४२ मत प्राप्त गरे ।

२०७९ सालको प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमाले सांसद सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि सो क्षेत्रमा उपनिर्वाचन भएको हो । सुहाङ स्वर्गीय सुवा नेम्वाङका छोरा हुन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *