झापामा हात्तीपाइले रोग विरुद्धको औषधी खाएपछि एक वृद्धाको मृत्यु

झापामा हात्तीपाइले रोग विरुद्धको औषधी खाएपछि एकजना वृद्धाको मृत्यु भएको छ ।

भद्रपुर नगरपालिका १ का ६५ वर्षीया महिलाले हात्तीपाइले विरुद्धको औषधी सेवन गरेपछि स्वास्थ्यमा समस्या आएको थियो । बिहीबार उनलाई अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । हात्तीपाइले विरुद्धको औषधी सेवनकै कारण बिरामीको मृत्यु भएको वा अन्य कारणले मृत्यु भएको हो भन्ने विषय अहिलेसम्म पुष्टि हुन भइसकेको छैन ,यता मन्त्रालयले भने औषधी खुवाउने अभियान चलिरहेको भन्दै अभियानमा नकारात्मक प्रभाव पर्ने हुँदा सरकारले औषधी सेवनकै कारण मृत्यु भएको घटना सार्वजनिक गरेको छैन । तर, उक्त घटना बाहिरिएलगत्तै हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा.टंक बाराकोटीको सहितको टिम झापा पुगेको बताइएको छ ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भने, ‘हामीलाई अहिलेसम्म हात्तीपाइले रोग विरुद्धकै औषधी सेवनका कारण बिरामीको मृत्यु भएको भन्ने विषयमा यकिन भएको छैन, हामी पनि बुझ्दै छौँ। यसका लागि हाम्रो टोली झापा पठाइसकेका छौ’ अनुसन्धानपछि मात्रै के कति कारणले उहाँको मृत्यु भएको हो, अनि थाहा हुनेछ।’

झापामा यो रोगको संक्रमित फेला परेसंगै सरकारले यो वर्ष अन्तिमपटक नारा दिएर झापासहित देश भरका सातवटा जिल्लामा यो अभियान सञ्चालन गरिरहेको छ । गत वैशाख १६ गतेबाट शुरु भएको अभियान वैशाख २५ गतेसम्म सञ्चालन हुँदैछ । जसमा झापाका १५ वटै पालिकामा औषधि खुवाउने कार्यक्रम भइरहेको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *