झापाको दमकमा एक छात्रामाथि गोली प्रहार

वैशाख २१, झापा । झापाको दमकमा एक छात्रामाथि गोली प्रहार भएको छ । उदयपुर घर भई दमकमा डेरा गरी बस्दै आएकी एनिका अधिकारीमाथि शुक्रवार दिउँसो करिब साढे ११ बजेको समयमा गोली प्रहार भएको हो ।

दमकस्थित हिमाली माविबाट कक्षा १२ को परीक्षा दिएर कोठातर्फ गइरहेकी अधिकारीमाथि दमक- ५ स्थित ज्येष्ठ नागरिक प्रतिष्ठान नजिकै गोली प्रहार भएको हो । उनको पेटमा एक राउन्ड गोली लागेको बताइएको छ । घाइते उनको लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ ।

अस्पताल पुगेका स्थानीय पत्रकार सुदिप अधिकारीका अनुसार चिकित्सकले उनको पेटमा एउटा गोली निकालिसकेको छ । उनको हाल आइसियुमा उपचार भइरहेको छ । गोली प्रहार गर्नेलाई प्रहरीले पक्राउ गरेको जनाइएको छ ।

यता गोली चलेको विषयमा घटना बुझ्न प्रहरी टोली अस्पताल पुगेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले बताउनुभयो । अहिले घटनाको विस्तृत विवरण आइसकेको छैन ।

Leave a comment

Your email address will not be published. Required fields are marked *